मन्त्रिपरिषद फेरबदलको विषय प्रधानमन्त्रीको क्षेत्राधिकार : दाहाल

15

(काठमाडौं) – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद पुनर्गठनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच कुनै असमझदारी नरहेको बताएका छन् ।

मन्त्रिपरिषद पुनर्गठनको सन्दर्भमा प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष दाहालबीच समझदारी हुन बाँकी रहेको चर्चा चलिरहेका बेला दाहालको सचिवालयले त्यस्ता समाचारप्रति आपत्ति प्रकट गरेको छ ।

अध्यक्ष दाहालको निजी सचिवालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद पुनर्गठनको सन्दर्भमा कुनै असमझदारी नरहेको जनाएका छन् ।

दाहालको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित÷प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।”

मन्त्रिपरिषद फेरबदलको विषय प्रधानमन्त्रीको क्षेत्राधिकार भएको भन्दै अध्यक्ष दाहालले त्यही कुरामा जोड दिएको जनाएको छ । सो विषय प्रधानमन्त्री ओलीको क्षेत्राधिकार भएको सचिवालयको भनाई छ ।

विज्ञप्तिमा भनिएको छ, “मन्त्री मण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको बिषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं ।”

मन्त्रिपरिषद पुनर्गठनका सन्दर्भमा सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहालबीच छलफल भएको थियो ।

समाचार वर्गहरू