मन्त्रीपरिषद्को निर्णय : सशस्त्र प्रहरी प्रमुख आईजीमा अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल नियुक्त

59

काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्न दिने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए। यस्तै बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा नियुक्त गर्ने निर्णय गरेको समेत बताए।

 सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको जानकारी दिए।

त्यस्तै बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ भने सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।

समाचार वर्गहरू