मन्त्रीपरिषद बैठक सकियो, माघ १ गते सार्वजनिक बिदा

22

काठमाडौं – आइतवार बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आइतवार विहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही ढिलोगरी सुरु भएको थियो । बैठक सकिएको एक मन्त्रीले जानकारी दिए।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीवार बस्ने भए पनि ओलीले मन्त्रीहरुलाई विहान १० बजे फोन गरेर बालुवाटार आउन निर्देशन दिएका थिए।

आजको बैठकमा त्यस्तो महत्वपूर्ण निर्णय भएकाे छैन् । आजै ओलीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दैछन। आइतवार नै राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको तयारी भएको बुझिएको छ। यस्तै आजको बैठकले आगामी माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको स्रोतले बतायो ।

समाचार वर्गहरू