मन्त्री सिंहको निधनमा कांग्रेसद्वारा दुख व्यक्त

2

काठमाडौं – सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा कांग्रेसले दु:ख व्यक्त गरेको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सिंह र पत्नी अमृतादेवी र भाउजू जयादेवीको निधनमा पार्टीले दु:ख व्यक्त गरेको जनाएका हुन् ।

स्वर्गीय सिंहले पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको पनि कांग्रेसले जनाएको छ । सिंहको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ ।

मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला जाँदै गरेका सिंह सवार गाडी मंगलबार दिउँसो २ बजेतिर बझाङको केदारस्युँमा दुर्घटनामा परेको हो । दुर्घटनामा मन्त्रीसहित उनकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको समेत निधन भएको छ । भाउजू र पत्नीको घटनास्थलमै मृत्यु भएको थियो भने मन्त्री सिंहको उपचारका क्रममा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू