मरिण खोलामा शव फेला

65

सिन्धुली – मरिण खोलाले बगाइ ल्याएको एक वेवारिसे शव बुधबार साँझ फेला परेको छ । सिन्धुलीको मरिण गाउँपालिका–३, मथौलीमा मरिण खोलाकोबीचमा ढुङ्गामा अड्किएको अवस्थामा रहेको बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।

डीएसपी श्यामबहादुर केसी अनुसार शवको साथमा जिल्ला महोत्तरी खयरमारा ६, का हेमबहादुर कामीको छोरा जितबहादुर विक जन्ममिति २०३६ लेखिएको नागरिकता फेला परेको छ ।

खोलाले बगाएर मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ । नागरिकताको आधारमा पहिचानका लागि आफन्तहरुको खोजी भैरहेको डीएसपी केसीले बताए ।

समाचार वर्गहरू