मर्यादित र आलोचनात्मक चेत भएको प्रेस आवश्यक छ – सञ्चारमन्त्री बास्कोटा

17

धनगढी – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकार निष्ठावान, मर्यादित र आलोचनात्मक चेत भएको प्रेस आवश्यक रहेको बताएका छन् । बिहीबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको भवन उदघाटन गर्दै मन्त्री बास्कोटाले सरकार मर्यादित प्रेसको विकासमा लागिरहेको बताएका हुन् ।

सूचना प्रविधि विधेयकले मिडियालाई नै फाइदा हुने दाबी गर्दै उनले विधेयकको अनावश्यक आलोचना गरिएको बताए ।
सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्यो भन्नु कुन्ठाग्रस्त मनस्थितिको कुन्ठित अभिव्यक्ति मात्रै भएको उनले तर्क गरे । पत्रकारहरु आफ्नो व्यावसायिक धर्मप्रति प्रतिवद्ध भए नेपाली प्रेस स्वतन्त्र हुने उनले बताए ।

“भन्यो भने बढ्ता हुन्छ, तर कलम चलाउनुपर्ने पत्रकार कहिलेकाहीँ तरबार नै चलाउनु हुन्छ,” बास्कोटाले भने, “तरबारभन्दा शक्तिशाली त कलम नै छ । उल्टो सुल्टो दुईटै चलाएपछि त गाह्रो पर्छ ।”
सरकारका प्रवक्त समेत रहेका बास्कोटाले मिडियाले पाउने सेवा प्रदेशस्तरबाटै पाउने गरी कानुन बनाइरहेको पनि जानकारी दिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू