मसाज सेन्टरमा बालिकालाई वेश्यावृत्तिको काममा लगाउने मसाज सञ्चालिका पक्राउ

79

काठमाडौं – बालिकालाई वेश्यावृत्तिको काममा लगाउने मसाज सञ्चालिका पक्राउ परेकी छन्। पक्राउ पर्नेमा  लमजुङको बेसीशहर नगरपालिका-८ की ३८ वर्षीया सपना खवास रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

ब्युरोका अनुसार काठमाण्डौ महानगरपालिका-१६ ठमेल सातघुम्तीस्थित खवासले सञ्चालन गरेको हिमालयन आयुर्वेदिक स्पामा परिवर्तित नाम २६ बबरमहल (३४३) समेतलाई आर्थिक प्रलोभनमा पारी ललाई फकाई गरी वेश्यावृत्तिमा लगाएको खुलेको हो ।

मसाजमा शारीरिक सम्पर्क राख्न आउने प्रति ग्राहकबाट एक पटकको पन्ध्र सय लिने र  शारीरिक सम्पर्क राख्ने बालिकालाई पाँच सय तथा २५ प्रतिशत दिने भनी प्रलोभन देखाई रकम समेत नदिई दिनमा ४/५ जना पुरुष ग्राहकसँग वेश्यावृत्तिको काममा लगाउने गरेको खुलेको ब्युरोका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक भावेष रिमालले बताए।

पीडित बालिकाले ब्यूरोमा जाहेरी दरखास्त पेश गरेपछि अनुसन्धानको लागि खटिएको प्रहरी टोलीले मसाज सञ्चालिका खवासलाई काठमाडौंको नागार्जुन नगरपालिका-१ बाट पक्राउ गरेको हो।

उनलाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्यादथप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको छ।

समाचार वर्गहरू