महरालाई थप ७ दिन हिरासतमा राख्न म्याद

13

(काठमाडौं) यौन दुर्व्यवहारको अभियोगमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई थप ७ दिन हिरासतमा राख्न काठमाडौ जिल्ला अदालतले तेस्रो पटक म्याद दिएको छ । असोज १९ गते पक्राउ परेका महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौ प्रहरीलाई अदालतले पहिलो पटक १३ र त्यसपछि ५ दिनको समय दिएको थियो ।

अदालतले उपलब्ध गराएको समयमा अनुसन्धान पूर्ण नभएपछि आज पुन: प्रहरीले म्याद थपका लागि आफ्नो प्रगति विवरण सहित निवेदन दिएको थियो । सोही निवेदनका आधारमा न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासले महरालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपनि महरा भने काठमाडौ थापाथलीस्थित नर्भिक अस्पतालको क्याविनमा बसिरहेका छन् । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुब्र्यवहार गरेको अभियोग महरामाथि छ । पीडित महिलाले असोज १८ गते महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा महराविरुद्द किटानी जाहेरी दिएकी थिईन् ।

समाचार वर्गहरू