महराविरुद्ध बलात्कार प्रयासको आरोपमा मुद्दा दर्ता

14

(काठमाडौं) – यौन दुर्व्यवहारको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले महरामाथि जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।

महराले संसद सचिवालयकी एक कर्मचारीलाई करणीको उद्योग गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । सरकारी वकिल कार्यालयले महराले सरकारी ओहोदामा बसेर कसूर गरेकाले उनलाई हुने सजायको डेढ गुणा बढी सजायको माग दाबी गरेको छ ।

बिहीबार मुद्दा दर्तापछि समय बाँकी नरहने भएकाले शुक्रबारदेखि महरामाथि थुनछेकको बहस हुनेछ । बहस सकिएपछि छुट्न सक्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने फैसला अदालतले गर्नेछ ।

संसद् सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनलाई प्रहरीले पक्राउ गरेर हो । महराविरुद्ध सरकारी वकिल कार्यालयले ५ वर्षदेखि साढे ७ वर्षसम्म कैद सजाय माग गरेको हो ।

समाचार वर्गहरू