महसुल नतिर्ने ३४ उद्योगको लाइन काटियो

46

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले विद्युत् बक्यौता नर्तिने ३४ उद्योगको विद्युत् लाइन काटेको छ। महसुल तिर्नका लागि ताकेता गर्दा पनि अटेर गर्ने उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ।

गत असोज २४ गते प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगहरूको विवरण सार्वजनिक गर्दै वक्यौता तिर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो।

यो अवधिमा ८ उद्योगले भने वक्यौता तिरेको प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले जानकारी दिए। बाँकी सातवटा उद्योगको भने अदालतमा मुद्दा विचाराधीन भएकाले लाइन नकाटिएको उनको भनाइ छ।

प्राधिकरण स्रोतका अनुसार  घोराही सिमेन्ट, सोनापुर मिनरल एण्ड आयल, कसमस सिमेन्ट, एस.आर फुड्स, गोयन्का फुड्स, श्याम प्लास्टिकलगायतको लाइन काटिएको छ।

समाचार वर्गहरू