मध्यबिन्दु/काठमाडौं – महाधिवेशनको मिति तोक्ने गरी नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक बस्ने भएको छ । नवौं महाधिवेशनको मिति र स्थान तोक्न भोलि मंगलबार चितवनमा बैठक बस्न लागेको युनियानका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।
बैठकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पत्रकारसँग सम्बद्ध संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
यसअघि मंसिरमा महाधिवेशन हुने भनिए पनि प्राविधिक कारणले महाधिवेशन हुन सकेको थिएन ।