काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोल्न लागेका छन्।
कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका निधिले बानेश्वरस्थित थापागाउँमा सम्पर्क कार्यालय सञ्चालन गर्न लागेका हुन् ।
आसन्न महाधिवेशनको तयारीका लागि निधिले शुक्रबारदेखि कार्यालय सञ्चालनमा ल्याएर त्यहिंबाट नियमित रुपमा नेता कार्यकर्ता भेटघाट गर्ने तयारी गरिएको निधि निकट स्रोतले जनाएको छ ।
यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले अनामनगरमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छन्भने सभापतिमा दाबी गर्ने कृष्णप्रसाद सिटौलाले बत्तिसपुतली र शेखर कोइरालाले बालुवाटारमा कार्यालय सञ्चालन गरेका छन्।