काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावको छानबिनका लागि संसदिय समिति गठन गरिएको छ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६२ अनुसार प्रमुख प्रतिपक्षीदल नेकपा एमाले सहितको ११ सदस्यीय समिति बनाएको हो।
समितिमा कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादीबाट यसोदा सुवेदी र रेखा शर्मा छन्। त्यस्तै एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्ण भक्त पोखरेल समितिमा अटाएका छन्।
नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह छानविन समितिमा छन्।
समितिले काम सुरु गरेको बढीमा ३ महिनाभित्र सिफारिसहितको प्रतिवेदन दिनुपर्नेछ। समितिले महाभियाेग अघि बढाउने नबढाउने सिफारिससहितको प्रतिवेदन बुझाउनेछ।