महावीरका माग पुरा गर्न कांग्रेस महामन्त्री शर्माको माग

6

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा चलिरहेको आन्दोलनमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ऐक्यबद्धता जनाएका छन्।

आइतबार सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘आविस्कार केन्द्र स्थापना गरेर राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरिरहनु भएका व्यक्तित्वको कदर गर्दै सम्माननीय  प्रधानमन्त्रीलाई उहाँका मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमीका लागि आग्रह गर्दछु ।’

यसैगरी उक्त आन्दोलनमा डा. गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन्। चिकित्सा क्षेत्रको सुधारका लागि पटक पटक अनसन बसेका केसी आइतबार पुनको धर्नामा साथ दिन माइतीघर पुगेका थिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि आजै पुनको आन्दोलनमा सहभागी भएका छन् । उनले पुनको माग जायज रहेकोले अविलम्ब पुरागर्न सरकारसँग माग गरेका छन् ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि हरेक वर्ष बजेट छुटाउनुपर्ने माग गर्दै धर्ना थालिएको हो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू