महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

72

(काठमाडौं) – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले महासंघको वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली उद्योगी व्यवसायीहरुको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

यो व्यवस्था अनुसार शेखर गोल्छा नेतृत्वमा पुग्दैछन् । त्यसपछि रिक्त हुने वरिष्ठ उपाध्यक्ष पदका प्रतिस्पर्धी ढकाल र किशोर प्रधान हुन् । उम्मेदवारी घोषणा गर्दै ढकालले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको दरिलो खम्बाका रुपमा रहेकोले यसले आर्थिक विकासमा ठूलो सहयोग पु¥याउने बताए ।

उनले आफू निर्वाचित भए व्यवसायीका समस्या समाधान गर्न अग्रसर हुने बताए । मुलुकमा राजनीतिक स्थिरता रहेकाले निजी क्षेत्र सरकारसँग हातेमालो गरी मुलुकको समृद्धिका लागि तयार रहेको उपाध्यक्ष ढकालले बताए । उनले मुलुकभित्रका उद्योग व्यवसायको लगानी सुनिश्चित गरी बाहिरी मुलुकबाट लगानी भित्र्याउनु पर्नेमा जोड दिए । आगामी चैतको २८ र २९ गते हुने महासंघको ५४ औँ साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

समाचार वर्गहरू