महासमितिमा धर्मनिरपेक्षता र संघीयता खारेजीको मुद्दा लिएर जान्छु – शंकर भण्डारी

4

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं सांसद शंकर भण्डारीले आगामी महासमिति बैठकमा आफू धर्मनिरपेक्षता र संघीयता खारेजीको मुद्दा लिएर जाने बताएका छन् ।

पहिलेपनी हस्ताक्षर बुझाएको तर नेतृत्वले महत्व नदिएकोले उक्त मुद्दा ओझेलमा परेको भन्दै उनले भने, ‘हामीले अघिल्लो महासमितिको बैठकमा पनि हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर बुझाएका हौं । तर हाम्रो नेतृत्वले महत्त्व नदिएकाले ओझेलमा पर्यो । हाम्रा नेता, कार्यकर्ता र शुभचिन्तकको शासकीय प्रणालीमा व्यापक असन्तुष्टि छ । संघीयतामा पुनर्विचार गर्नुपर्छ । अहिलेको निर्वाचन प्रणाली संशोधन गर्नुपर्छ ।’

पार्टी सभापति शेरबहादुर देउवाले यसबारे किन बोल्न नसक्नु दुःखद भएको बताउँदै भण्डारीले भने, ‘आदरणीय सभापतिजी, के कति कारणले बोल्न सकिरहनुभएको छैन, त्यो उहाँको कुरा हो । केही न कामका आल्तुफाल्तु कुरामा लागेर कांग्रेस पार्टीले आफ्नो हैसियत बनाउन सक्दैन । पार्टी कमजोर भएर जान्छ ।’

कोसी प्रदेशको उदाहरण दिँदै भण्डारीले नेपालमा संघीय प्रणाली अनुपयक्त, असफल र अफापसिद्ध भइसकेको टिप्पणी गरे । उनले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएर प्रदेश खारेजी गर्नु उपयुक्त हुने देखिएको उनको धारणा थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू