काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा रेसलर पक्राउ परेकी छन् ।पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका वडा नं। १२ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ३५ वर्षीया भगवती खड्का रहेकी छन् ।
उनी रेसलर तथा एमाले समर्थक हुन् । खड्काले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लिल कमेण्ट गरी सार्वजनिक रुपमा बेइज्जत गराई, घृणा, द्वेष फैलाई चरित्र हत्या गरेको भन्दै पीडितले साइवर ब्यूरोमा निवेदन दिएकी थिइन् ।
खड्कालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा मिति २०८२ चैत १७ गते काठमाडौंबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाडौंले ४ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको ब्यूरोमा प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।