महिला दर्शनार्थीलाई ‘अभद्र व्यवहार’ गर्ने भैरवनाथ मन्दिरका मूलपुजारी निलम्बित

8

काठमाडौं – पाल्पाको प्रसिद्ध भैरवनाथ मन्दिरका मूल पुजारी जितनाथ योगी निलम्वित भएका छन्। पुजारी योगीले महिला दर्शनार्थीलाई अभद्र व्यवहार गरेको सार्वजनिक भएपछि मन्दिर व्यवस्थापन समितिले उनलाई निलम्बन गरेको हो ।

पुजारी योगीले महिला दर्शनार्थीहरुमाथि अभद्र व्यवहार भएको गुनासो आएपछि समितिको आकस्मिक बैठकले जिम्मेबारीबाट हटाउने निर्णय गरेको हो ।

रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानमा अवस्थित यस मन्दिरका मूल पुजारी ७० वर्षीय योगीले दर्शनका लागि आउने महिलामाथि यौनजन्य दुव्यर्वहार गरेको आरोप लागेको हो । दर्शन गर्न पुग्ने महिलालाई टीका लगाउने र प्रसाद दिँदा दुव्यर्वहार गरेको गुनासोका आधारमा समितिले निलम्बन गरेको जनाएको छ ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पुजारी योगीले महिला दर्शनार्थीलाई अभद्र व्यवहार भएको सार्वजनिक भएपछि तत्काल बैठक बसेर निलम्बन गरेको समितिका अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताए ।

समिति अध्यक्ष पोखरेल र सचिव दिलीप रायमाझीले प्रेस विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानबिन नहुँदासम्म मन्दिरमा वहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाइएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू