महिला फुटबल : स्वर्णका लागि नेपाल र भारत भिड्दै

12

(काठमाडौं) – १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत आज (सोमबार) भिड्दैछन् ।

पोखरा रंगशालामा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । भारत लिग विजेता र नेपाल उपविजेताको रुपमा उपाधि भिडन्त पक्का गरेका हुन् ।

दक्षिण एसियाली महिला फुटबलमा भारत सधै नेपालको बाधक बन्दै आएको छ । लिग चरणको खेलमा समेत भारतले नेपाललाई १–० ले हराएको थियो ।

नेपाल सागको महिला फुटबलमा सधै रजत पदकमा सिमित हुँदै आएको छ । नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई ६–० ले हराएको थियो ।

दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० ले हराएको थियो । यस्तै लिग चरणको अन्तिम खेलमा भारतसंग १–० ले पराजित भएको थियो ।

सागमा स्वर्णको लक्ष्य सहित नेपाली महिला टिमले निरन्तर प्रशिक्षण गर्दै आएको थियो ।

समाचार वर्गहरू