महिला फुटबल : स्वर्णका लागि नेपाल र भारत भिड्दै

17

(काठमाडौं) – १३ औं दक्षिण एसियाली खेलदकुद प्रतियोगिता सागको महिला फुटबलमा शनिबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । महिलातर्फ स्वर्ण पदकका लागि नेपाल र भारतबीच खेल हुनेछ । पोखरा रंगशालामा हुने खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

आफ्नै देशभित्र आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) मा महिला फुटबल टोली स्वर्ण जित्नेमा लक्ष्यका साथ मैदान उत्रने छ । दुई म्याचमा जित निकालिसकेको नेपालले शनिबार सबैभन्दा बलियो टिम भारतसँग समूह चरणको अन्तिम म्याच खेल्दै छ । नेपाली महिला टोलीलाई आज भारतलाई पराजित गर्दै इतिहास रच्ने अवसरसँगै चुनौती पनि छ ।

पोखरा रंगशालामा गत बिहीबार माल्दिभ्सलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । सावित्राले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाए ।

यस्तै खेलको २१ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाईन् । त्यसपछि खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को जित दिलाए । जितसँगै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो । नेपालले ६ अंक जोडेको छ ।

सावित्रा ३६ गोल गर्दै नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत बन्न सफल बनेकी छिन् । सावित्राले पूर्व कप्तान अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान भंग गरेकी हुन् । भारतले बिहीबार भएको खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले हराएर फाइनलमा स्थान बनाएको हो ।

समाचार वर्गहरू