माओवादीले टुंग्यायो मन्त्रीको नाम, को-को छानिए ?

26

काठमाडौं – नेकपा माओवादी केन्द्रले सरकारमा हुने तीन मन्त्री र एक राज्यमन्त्रीकाे नाम टुङ्गो लगाएको छ । नेकपा माओवादी केन्द्रको बुधबार बसेको स्थायी समितिले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको हो ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्रिमण्डलमा जानेछन् । यस्तै, बोधमाया यादवलाई राज्यमन्त्री बनाउने स्थायी समितिले निर्णय गरेको हो । उनीहरूले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन ।

मन्त्रीहरुको नाम चयन गरिए पनि कुन मन्त्रालय दिने भन्ने विषयमा खुलाइएको छैन । हाल माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल रहेका छन् ।

समाचार वर्गहरू