माओवादी र नेकपा एसको कोटाका पाँच राजदूत फिर्ता बोलाइँदै

93
फाइल फोटो

काठमाडौं – सत्तारुढ दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले विभिन्न आठ देशका राजदूतमा भागबण्डा मिलाएका छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत दुई दलका  शीर्ष नेता बसेर राजदूतको भागबण्डा मिलाएका हुन्।

शनिबार भएको सहमति अनुसार कांग्रेसले भारत, अस्ट्रेलिया, जापान र साउदी अरबको राजदूत पाउने भएको छ । त्यस्तै, अमेरिका, चीन, बेलायत र रुस एमालेको भागमा परेको छ ।

अघिल्लो सरकारले कांग्रेसको कोटाबाट नियुक्त भएका ११ देशका राजदूत फिर्ता बोलाएको थियो। रिक्त रहेका देशहरूमा एमाले, माओवादी ररास्वपाले भागबण्डा गरेका थिए । तर, बीचमै सरकार ढलेपछि राजदूत नियुक्ति प्रक्रिया पनि रोकिएको थियो ।

सरकारले माओवादी, नेकपा एसको कोटामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने भएको छ । सरकारले फिर्ता बोलाउन लागेका राजदुतहरुमा माओवादी कोटाका चीनका विष्णुपुकार श्रेष्ठ, श्रीलंकाका वासुदेव मिश्र र दक्षिण अफ्रिकाका दानबहादुर तामाङ रहेका छन् ।

त्यस्तै, नेकपा एसबाट रुसका मिलन तुलाधर र अस्ट्रेलियाका कैलाश पोखरेललाई पनि सरकारले केही दिनभित्रै उनीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू