माग सम्बोधन नभएपछि आमरण अनसन बस्न दबाब आइरहेको छ : नेविसंघ पूर्वमहामन्त्री काफ्ले

23

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ)का पुर्वमहामन्त्री कुन्दनराज काफ्ले समुहका विद्यार्थीहरुले आामरण अनशन थाल्न काफ्लेलाई दबाब दिएका छन् । विधानअनुसार नेविसंघको नयाँ कार्यसमिति ल्याउनुपर्ने माग गर्दै रिले अनसनमा बसेका विद्यार्थीहरुले काफ्लेलाई अनशन थाल्नुपर्ने भन्दै दबाब दिएका हुन् ।
संघको ११ औं महाधिवेशनबाट पारित विधानअनुसार ३२ वर्षमुनिको नेविसंघ बन्नुपर्ने माग राख्दै पछिल्लो २४ दिनदेखि काफ्ले समुहका विद्यार्थीहरु रिले अनसनमा छन् ।

विधान कार्यान्वयनका लागि बसेको रिले अनसनलाई पार्टी नेतृत्वले बेवास्ता गरेकाले आमरण अनसन सुरु गर्न आफुमाथि दबाब रहेको उनले मध्यबिन्दु अनलाइनलाई बताए ।
“७७ वटै जिल्लाबाट साथीहरुले विधान कार्यान्वयनमा दबाब दिन आमरण अनसन बस्छौं भनिरहनुभएको छ । पार्टी आफैले बनाएको विधान आफैंले पक्कै तोड्दैन भनेर मैले उहाँहरुलाई सम्झाइरहेको छु,” काफ्लेले भने, “विधान कार्यान्वयनका लागि आवश्यक पर्यो भने देशैभर एकसाथ आमरण अनसन शुरु हुनसक्छ ।”

रिले अनसनलाई सभापति शेरबहादुर देउवाले गम्भीरतापूर्वक नलिएको काफ्लेको गुनासो छ । उनले विधान कार्यान्वयन होस् भन्दा पनि बेवास्ताको सिकार बन्नुपरेको बताए ।

आफुहरुको माग पुरा नभएसम्म अनसन जारी रहने संघका पुर्व केन्द्रिय सदस्य नवराज त्रिपाठीले बताए ।

समाचार वर्गहरू