माघ १ र २ गते प्रदेश ५ मा सार्वजनिक बिदा

15

बुटवल – माघे संक्रान्तिको अवसरमा प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश ५ सरकारको मन्त्रीपरिषद बैठकले माघे संक्रान्तीका लागि २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने र फागुन १० देखि १२ गतेसम्म दाङमा ‘प्रदेश स्थापना एक्स्पो’ गर्ने निर्णय समेत गरेको छ ।

समाचार वर्गहरू