काठमाडौं – कम्युनिष्ट नेता कमल कोइरालाको निधन भएको छ ।
गत मंगलबार लडेर घाइते भएका उनको उपचारको क्रममा आइतबार केएमसी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका छन्।
पूर्वप्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाका छोरा उनले दक्षिण कोरियाका लागि नेपालका राजदूत भएर काम गरेका थिए। मृतक कोइराला लेखक समेत हुन्।