माधब नेपाल सहित सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा

9

काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । शनिबार साँझ बसेको बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा केन्द्रीत रहेको बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासहयात्री दलमा सहमति गरेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।सरकार गठन र प्रधानमन्त्रीले विश्वासको मत लिएको एक हप्ता बित्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन्।

समाचार वर्गहरू