माधव निकट चार नेताको अनुरोध-‘वार्ताको औचित्य सकियो यसलाई तत्काल बन्द गरौं’

9

काठमाडौं – नेकपा एमालेका बरिष्ठ नेता  माधवकुमार नेपाल निकट चार नेताले अध्यक्ष केपी शर्मा ओली पक्षसँग भइरहेको वार्ता रोक्न माग गरेका छन् ।

बरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाललाई सम्बोधन गर्दै जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले वार्ता गर्न गठित कार्यदलको औचित्य नै सकिएको निष्कर्ष निकालेका हुन् ।

‘वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ, यसलाई तत्काल बन्द गरौं’, पत्रमा उल्लेख छ । शीर्ष नेताहरुलाई निष्काशनको निर्णय ओलीले गरेकाले कार्यदलको औचित्य सकिएको पत्रमा उल्लेख छ ।

‘हामी आफैं आफ्नो एजेण्डा छोडेर नैतिक र बैचारिक रुपले घरको न घाटको बन्ने दिशामा हिंड्न थाल्यौं भने हाम्रो राजनीतिक स्वत्व बाँकी रहँदैन’, उनीहरुको तर्क छ ।

सहमति भए पनि ओलीले भोलिपल्टै उल्लङ्घन गर्ने भन्दै एमालेको दशौं महाधिवेशनमा झलनाथ खनाल वा माधव नेपाल नेतृत्वमा आउने संभावना र संसदीय निर्वाचनमा टिकटको सुनिश्चितताबारे पनि उनीहरुले प्रश्न गरेका छन् ।

समाचार वर्गहरू