काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गठबन्धनका दलहरुले राष्ट्रपतिमा प्रस्ताव गरेको बुझिएको छ ।
कांग्रेस र माओवादीका दुवै पार्टीका नेताहरुले पाँच वर्ष राष्ट्रपति भएर सक्रिय राजनीतिबाट विदा लिएको राम्रो भन्दै नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरेको स्रोतको दाबी छ ।
गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने हल्ला चलिरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभपातिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको स्रोत बताउँछ ।
यही बेला अध्यक्ष नेपालले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता नरहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन चलखेल भइरहेको भनेर बाहिर हल्ला गरिए पनि त्यसमा सत्यता नभएको भन्दै त्यसमा आपत्ति जनाएका छन् ।
उनले गैर राजनीतिक बौद्धिक, सामाजिक, प्राज्ञिक व्यक्तिलाई राष्ट्रपति बनाउन संविधानबाट रोकावट नभए पनि अहिले त्यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको बताए ।
गठबन्धनका नेताहरुको व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक परिस्थितीमा गैरराजनितिक व्यक्तिलाई राष्ट्रपति बनाउने सम्भावना भने न्युन देखिन्छ ।