माधव नेपाल बिरामीहुँदा गठबन्धनको बैठक बसेन, बालुवाटारमा देउवा प्रचण्ड भेट

36
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार साँझ बालुवाटार पुगेका छन्।

शुक्रबार साँझ सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि नेकपा एसका अध्यक्ष माधव नेपाल बिरामी भएकाले बस्न सकेन। गठबन्धनको बैठक नबसे पनि प्रचण्ड भने देउवासँग छलफल गर्न बालुवाटार पुगेका हुन्।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा घर्किंदै जाँदा दलहरु तीव्र छलफलमा छन्। वर्तमान सत्ता गठबन्धनबाटै सरकार गठनको  प्रयास भइरहेका बेला प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग गरिरहेका  छन् भने कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयास गरिरहेको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू