मानव तस्करी प्रकरणमा लीलाबल्लभ अधिकारीले पाए उन्मुक्ति, ११ जनाविरुद्ध मुद्दा दायर

88
फाइल फोटो

काठमाडौं – मानव तस्करीको प्रकरणमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीको संलग्नता पुष्टि नभएपछि उनीबाहेकका ११ जनाविरुद्ध मुद्दा दायर भएको छ।

जिल्ला अदालत काठमाडौँमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले  अधिकारीको संलग्नता पुष्टि नभएको भन्दै ११ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो।

यो अवधिमा अधिकारी १६ दिनसम्म प्रहरी हिरासतमा बसेका थिए भने अब प्रहरीले उनलाई रिहाइ गर्नेछ।

सरकारी वकिल कार्यालय काठमाडौँले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरुद्ध मुद्दा दर्ता गरेको हो। यीमध्ये दिवाकरबाबु, विष्णुप्रसाद र गोपाल भने फरार भएकाले फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको छ।

न्यायाधिवक्ता कार्यालयका अनुसार अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णयका लागि सरकारी वकिल कार्यालयले नौ वटा आधार लिएको छ। जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए।

समाचार वर्गहरू