काठमाडौं – मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) सोमबार बिहान बाँडफाँड हुने भएको छ।
उक्त आइपिओ सोमबार बिहान साढे ८ बजे बाँडफाँड गरिने बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ ।
आइपिओमा २३ लाख बढीले आवेदन दिएकोमा जम्मा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले र तीमध्येबाटै ३ जनाले थप १–१ कित्ताका दरले सेयर पाउने छन्। यसपटक धेरैको हात्त रित्तो हुने भएको छ।
कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ जारी गरेको हो।
जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ।