मालपोत कार्यालय भक्तपुरका नासु घूस सहित पक्राउ

20

(काठमाडौं) – भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत नायव सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतम घूस लिएको अभियोगमा पक्राउ परेका छन् ।

सेवाग्राहीसँग ४० हजार रुपैयाँ घूस लिईसकेको अवस्थामा नासु मिश्र र कार्यालय सहयोगी गौतमलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

मोही लगत कट्टा गर्ने प्रयोजनका लागि उनीहरुले सेवाग्राहीसँग घूस लिएका आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

समाचार वर्गहरू