मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी विरुद्ध भ्रष्टाचार मुद्दा

20

(काठमाडौं) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बस्नेतविरुद्ध करिब ९ करोड रुपैयाँ बिगो माग दाबी गरी विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

२०४५ साल कार्तिक १९ गते मालपोत विभाग काठमाडौंमा जागिर सुरु गरेका बस्नेत त्यसयता अधिकांश समय काठमाडौंका विभिन्न मालपोत कार्यलयमा कार्यरत थिए । जागिरे अवधिमा ७४ लाख ७३ हजार रुपैंया वैध आर्जन गरेका त्यसबाहेकको रकम गैरकानूनी आर्जन गरेको अख्तियारको दाबी छ ।

गतवर्ष पुसमा मालपोत कार्यालयमा नक्कली रसिद काटी राजस्व चुहावट गरेको आरोपमा बस्नेतमाथि मुद्दा चलेको थियो । त्यसक्रममा नै उनीबाट ११ लाख रुपैयाँ समेत बरामद भएको थियो । उनले आफूले आर्जन गरेको सम्पत्ति भतिजी कृपा बस्नेतको नामबाट अन्यत्र लगानी गरेको खुलेको छ । अख्तियारले उनीसहित श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेतविरुद्ध समेत मुद्दा दायर गरेको छ ।

समाचार वर्गहरू