दाङ – मालपोत कार्यालय तुलसीपुरमा करार सेवामा कार्यरत कार्यालय सहयोगी घूस सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय सहयोगी मिनराज गैरेलाई नगद ३ लाख २० हजार रुपैयाँ सहित शुक्रबार पक्राउ गरेको हो ।
सेवाग्राहीबाट काम बनाइदिने प्रलोभनमा पारी उक्त रकम बुझ्दै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।