काठमाडौं – सरकारले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
कार्कीको अध्यक्षतामा गठित समितिमा पूर्वएआइजी पुस्कर कार्की र सञ्जीव मिश्र सदस्य रहनेछन्।
अनुचित लेनदेनको अपराध नियन्त्रणका लागि समितिलाई तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न सरकारले निर्देशन दिएको छ।