मिस इकलेज २०१९ को ताज एलिसाको सिरमा

16

काठमाडौं, साझा खवर संवाददाता – मिस इकलेज २०१९ को उपाधि क्यारेवियन कलेजकी एलिसा श्रेष्ठले जितेकी छन् । सिजन मिडियाले राजधानीमा आयोजना गरेको ‘मिस इकलेज २०१९ मा ललितपुरको क्यारेवियन कलेजमा अध्ययनरत १९ वर्षीया एलिसा श्रेष्ठले शीर्ष ताज जितेकी हुन् ।

साथै उनले मल्टीमिडिया अवार्ड र भिर्योस च्वाइस अवार्ड पनि हात पार्न सफल भइन । काठमाडौंको ह्वाइटहाउस इनटरनेशनल कलेजमा अध्ययनरत प्रकृति शाहीले फष्ट रनरअपको ताज सहित मिस ट्यालेन्ट अवार्ड पनि हात पारिन् । त्यसैगरी सेकेण्ड रनर अपको ताज भने गोल्डेनगेट कलेजकी निष्ठा लम्सालले जितिन । थर्ड रनरअप रुषा नापित भईन । उनले मिस पर्शनालिटी र फोटोजेनीक अवार्ड जित्न सफल भइन, साथै फोर्थ रनरअप दिपा लिम्बुले वेष्ट स्कीनक अवार्ड हात पारिन् ।

विधागततर्फ सुस्मिता बसेलले वेष्ट वाक को उपाधि हात पारिन् । सीमा ढकालले मिस पपुलर र अर्गनाइजर च्वाइस जितिन् भने, वेष्ट ड्रेसमा स्वेता ठकुरी त्यसैगरी, कन्फीडेनस अवार्ड रेश्मा तामाङ, व्यूटीफूल आइज एलिसा भुषाल, मिस पङ्चुवालिटि विमला तामाङ्, करिसा श्रेष्ठले बेष्ट हेयरको उपाधि हात पारिन् ।

विजेताले मिस इकलेज २०१९’ को ताज र उपाधि सहित थाइल्याण्ड टूरको लागि हवाइ टिकट प्राप्त गरिन् । प्रतियोगीतालाई प्रायोजन गर्ने कलेजहरुमा उच्च शिक्षा अध्ययनका लागि एक लाख बराबरको छात्रावृति ताथ डाइ स्टारको तर्फबाट टिभि उपहार पाइन् ।

र यस कार्यक्रमलाई प्रायोजन गरेको नेपाल एयर होस्टेज एकेडमीको तर्फबाट ३० हजार बराबरको एयर होस्टेज तालिमको अवसर पनि प्राप्त गरिन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने डाइस्टारको तर्फवाट मिक्सचर, प्रेशर कुकर लगायत विभिन्न घरायसी समानहरु उपहार प्राप्त गरे ।

समाचार वर्गहरू