मुख्यमन्त्री राउतलाई दुई तिहाइ विश्वासको मत

10
फाइल फोटो

जनकपुर – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासकाे मत प्राप्त गरेका छन् । मुख्यमन्त्री राउतले आज बुधवार प्रदेश सभामा विश्वासकाे मत प्राप्त गरेका हुन् ।

प्रदेश सभामा रहेका १ सय ४ जना सदस्यमध्ये राउतले ७७ अर्थात् दुइ तिहाइ मत प्राप्त गरेका हुन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि मुख्यमन्त्री राउतले विश्वासकाे मत लिनुपरेको हो ।

उनलाई जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरूले मत दिएका हुन् ।

उनको विपक्षमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र नेकपा एमालेका सांसदको गरी २३ मत परेको छ । मतदानमा १ सय जना सांसद सहभागी भएका थिए ।

समाचार वर्गहरू