मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार

24

बुटवल – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलमाथि भौतिक आक्रमणको प्रयास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर काठमाडौंबाट भैरहवा हुँदै बुटवल आउने क्रममा राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि आक्रमण प्रयास भएको हो । पोखरेल सवार गाडीमाथि ढुंगामुढा भएको छ ।

ढुंगा प्रहार गर्ने काँग्रेस कार्यकर्ता रहेको आरोप लगाइएको भएतापनी यसबारे रुपन्देही काँग्रेसले केही धारणा सार्वजनिक गरेको छैन ।

ढुंगा प्रहार भएपछि प्रहरीले हवाई फायर गरेको थियो । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ । घटनापछि उनलाई कडा सुरक्षा दिइएको छ

समाचार वर्गहरू