मुख्यमन्त्री शंकर पोखरेलको विरुद्धमा लुम्बिनीका ४१ सांसद

8

काठमाडौं – लुम्बिनी प्रदेशमा ४१ सांसदले बहुमतको सरकार गठन गर्न भन्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका छन्। उनिहरुले नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै हस्ताक्षर बुझाएका हुन्।

विपक्षी दलहरूले मुख्यमन्त्री शङ्कर पोखरेलले बहुमत गुमाएका कारण संविधानअनुसार बहुमतको सरकार गठन हुनुपर्ने माग गरेका छन् ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार वटा विपक्षी दल, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले ४१ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई निवेदन बुझाएका हुन् ।

विपक्षी दलहरूले संविधानको धारा १६८ (२) अनुसारको बहुमतको सरकार गठनका लागि माग गरेका छन् । निवेदनमा प्रदेश सभामा अहिले कायम रहेका ८० सांसदमध्ये नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका सभामुखबाहेक १८ जना, जनता समाजवादी पार्टीका तीन जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४१ जनाको हस्ताक्षर छ ।

समाचार वर्गहरू