काठमाडौं – वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छन् । बागमती प्रदेश सभाको आइतबार ३ बजे शुरु हुने नवौ अधिवेशनको पहिलो दिन नै मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने तयारी गरेकी हुन् ।
यसअघि माधवकुमार नेपाल पक्षमा रहेपनि नेकपा एमाले विभाजन हुदा शाक्यले ओलीलाई साथ दिएपछी अल्पमतमा परेकी थिइन् ।
वागमती प्रदेशमा हाल १०९ सांसद कायम छन् । त्यसका लागि विश्वासको मत लिन ५५ सांसद आवश्यक पर्छ । तर एमालेसँग अहिले ४३ मात्रै सांसद रहेकाले उनले विश्वासको मत पाउने सम्भावना निकै कम देखिएको छ ।
संघीय सरकारमा गठबन्धनमा रहेका दलहरुले नेकपा एकीकृत समाजवादीपार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी छ।