मुख्य प्रशिक्षक पटवालले दिए राजीनामा

24

(काठमाडौं) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । नेपालमै आयोजना हुन लागेको त्रिकोणात्मक सिरिज अघि उनले राजीनामा बुझाएका हुन् ।

नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सकिएपछि लागू हुनेगरी पटवालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) समक्ष राजीनामा बुझाएका हुन् ।

उक्त सिरिज बुधबारदेखि कीर्तिपुरमा पुरु हुँदैछ । नेपालले पहिलोपटक आइसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न लागेको भएका थिए । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमै रहेका बखत पटवाललाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) को पहलमा आइसीसीले मासिक सात हजार अमेरिकी डलर पारिश्रमिक दिनेगरी मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

नेपालले ओमान र अमेरिकासित घरेलु मैदानमा चार खेल खेल्दैछ क्यानले पटवालको राजीनामाबारे आधिकारिक रूपमा कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

समाचार वर्गहरू