काठमाडौं – मुगुको एक घरमा आगलागी हुँदा एकै घरका दुई जना बालक बेपत्ता भएका छन् ।
जिल्लाको पश्चिम खत्याड गाउपालिका–२ गाडेखोला गाउँस्थित लालु माठागाइको घरमा आगलागी हुँदा दुईजना बालक बेपत्ता भएका हुन् । उनिहरुको घर जलेर खरानी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार राती बालबच्चासहित आमा सरस्वती सन्ज्याल, १४ वर्षका छोरा विशाल सन्ज्याल र १२ वर्षकी छोरी झरना सन्ज्याल घरमा सुतेका थिए ।
सुतिरहेको बेला तातोको लागि बालेर राखेको आगो गोठमा सल्किएपछी आगो फैलिएको हो ।उक्त घटनामा आमा भने बाहिर निस्कन सफल भएकी थिइन् । सोमबार विहानसम्म पनि दुई बच्चा नभेटिएको र आमाले बच्चा बाहिर ननिस्किएको भनी रोहिरहेकाले दुबै बालबालिका जलिसकेको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनालगतै प्रहरी चौकी श्रीकोटबाटखटिएको सुरक्षाकर्मी र स्थानीयले घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयाय गरिरहेका छन् । आगो सोमवार विहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
काठको प्रयोगबाट बनाइको कच्ची घर भएकोले आगो झन फैलिएकोले नियन्त्रण गर्न कठिनाई भएको प्रहरीले जनाएको छ ।
पीडित सरस्वतिका श्रीमान लालु माठागाइ कामको शिलशिलामा भारतमा छन् ।