चितवन : मुग्लिन–नारायणगढ सडकखण्ड शुक्रबारदेखी दैनिक चार घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार बसेको सुरक्षा समितिको बैठकले उक्त सडकखण्ड दुई साताका लागि दैनिक चार घण्टा बन्द गर्ने निर्णय गरेको हो ।
सडक पहिरो रोकथामको बाँकी काम पुरा गर्न सडकखण्ड बन्द गर्न लागिएको हो ।
मङ्सिर २७ गतेदेखि लागू हुने गरी दुई सातासम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडकखण्ड बन्द हुने जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
एम्बुलेन्स, शवबाहनलगायत अत्यावश्यक सवारी साधन भने सुरक्षा निकाएको समन्वयमा पास गराइने छ ।