मेघा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

39

ललितपुर – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ललितपुरस्थित मेघा अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ ।

उपचारको क्रममा भक्तपुरका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मेघा अस्पतलामा उपचार गराइरहेका भक्तपुरका ३८ वर्षीय पुरुषको बिहान ७ः४० बजे मृत्यु भएको हो ।

उनी भदौ २६ गते मात्रै अस्पतालमा भर्ना भएका थिए ।

 

समाचार वर्गहरू