(काठमाडौं) – नेपाल मेडिसिटी अस्पतालका डाक्टर रोहित कुमार झालाई ४ दिन थुनामा राख्न जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । यौन दुव्र्यवहारको अभियोगमा पक्राउ परेका डा. झालाई चार दिन थुनामा राख्न ललितपुर जिल्ला अदालतले भनेको हो ।
काठमाडौं कीर्तिपुरकी ३० वर्षीया महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर ललितपुरले डा. झालाई सोमबार सा“झ अस्पताल परिषरबाटै नियन्त्रणमा लिएको थियो ।
स्वास्थ्य जाँचका लागि अस्पताल गएकी महिला माथि डा झाले गत आईतबार दुर्व्यवहार गरेका थिए । लगत्तै महिलाले प्रहरीमा उजुरी गरेकी थिईन् ।