काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा कार्यरत रहँदा झुटा विवरणको आधारमा बेल्जियन नागरिक दावा छिरिङलाई नेपाली नागरिकता दिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
हाल मेलम्ची नगरपालिकाको प्रशासकीय अधिकृतका रुपमा कार्यरत खरेल नगरपालिकाबाट भने उपचारका लागि भारत जान भनेर बिदा लिएका थिए। तर उनलाई काभ्रेबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
उनले २०७४ सालमा वेल्जियन नागरिक दावा छिरिङलाई निमा तामाङ नामको नेपाली नागरिकता दिएको आरोप छ। यस्तै राजु गुरुङ र कुलानन्द भण्डारीलाई झुटा विवरणको आधारमा दोहोरो नागरिकता दिएको पाइएको छ।