मेलम्चीको नयाँ ‘हेडवर्क्स’ निर्माणका लागि करिब दुई करोड अनुदान

8

काठमाडौं – एसियाली विकास बैङ्क (एडिबी) ले मेलम्ची खानेपानी आयोजनाको नयाँ ‘हेडवर्क्स’ निर्माणका लागि एक करोड ८० लाख (१८ मिलियन) अमेरिकन डलर अनुदान दिने भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको अहिलेको ‘हेडवर्क्स’ पुरिइसकेकाले नयाँ ‘हेडवर्क्स’ निर्माण तथा मुहानस्थल सार्नका लागि एसियाली विकास बैङ्कले आयोजनालाई १८ मिलियन अमेरिकन डलर अनुदान दिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । 

अब सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ सर्कस्थली भन्ने ठाउँमा नयाँ मुहान स्थलको निर्माण सुनिश्चित भएको छ । 

आायोजनाका इन्जिनियर पद्म कुँवरले भने “हेडवर्क्स निर्माण गरेर मात्र हुँदैन । नयाँ हेडवर्क्स निर्माण हुने स्थानबाट अहिलेको हेडवक्र्स रहेको स्थानसम्म पानी पथान्तरणका लागि सुरुङमार्ग निर्माण गर्नु पर्छ । त्यसै गरी नयाँ हेडवर्क्ससम्म पुग्न पहुँचमार्ग, हेडवर्क्स क्षेत्रमा अन्य संरचनामा समेत निर्माण गर्नु पर्छ ।”

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू