मेलम्चीमा तरकारी फलफूल तथा मासुजन्य आयातमा रोक

20

(सिन्धुपाल्चोक) – मेलम्ची नगरपालिका भित्र बाहिरी क्षेत्र बाट तरकारी ,फलफुल र मासु जन्य पदार्थ आयातमा पूर्ण बन्देज गरिएको छ। मेलम्ची नगरपालिकाले जेष्ठ १ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला प्रकोप व्यवस्थापन केन्द्र (DCCMC) को निर्णय कार्यान्वयन गराउन सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गरेको छ।

संक्रमणको जोखिम बढाउन आयात गरिएका दैनिक उपभोग्य बस्तुको भूमिका हुने तर्फ ध्यान गर्दै उक्त निर्णयको पालना गर्दै सहयोग गर्न  आग्रह गर्दै  नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण गरि ब्यवसायिकीकरणमा जोड दिने मेलम्ची नगरपालिकाले जानकारी दिएको छ।

यसैबीच मेलम्ची बजारका सम्पूर्ण बजार बासिहरु मेलम्ची नगरपालिकामा भेला भै कोरना विरुद्ध लड्न नगरपालिकालाई सहयोग गर्ने हेतुले मेलम्ची नगरपालिका ब्यबस्थापन स्वयंसेवक समिती गठन गरेका छन् । समितिको सम्योजकमा राममणी गौतम र सह सम्योजकमा बालकृष्ण दुलाल गरि २५ सदस्यीय समिती चयन गरिएको छ ।

सो समितिले भोलि जेठ ६ गतेको मितिबाट जेठ २० गतेसम्मका निम्ति मेलम्ची बजारमा अबस्थित सम्पूर्ण पसलहरु ( मेडिकल र
भेटनरी बाहेक ) बन्द गर्ने र प्रत्येक सनिवार बिहान ७ बजे देखि १० बजे सम्म आज भन्दा अगाडि मापदण्ड अनुरुप खोल्नी गरिएका पसलहरु खोल्ने निर्णय गरेेको जानकारी रेडियो मेलम्चीका स्टेशन मेनेजर देवराज सुबेदीले दिएका हुन ।

समाचार वर्गहरू