सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ मा गए रातीपरेको भीषण बर्षाका कारण गएको पहिरोमा परी ८ जना बेपत्ता भएका छन् ।
आइतबार रातीगएको पहिरोले मेलम्ची नगरपालिकाको कभर्डहल बनाउने कार्यमा कार्यारत ९ जना कामदारलाई पुरेको थियो । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङका अनुसार पुरिएका ९ जनामध्ये भारतका बारु शाहलाई जिवितै उद्धार गरिएको छ । उनलाइ मेलम्ची स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारगरी थप उपचारको लागी काठमाण्डौं रिफर गरिएको छ ।
यो समाचार तयार पार्दासम्म पुरिएका ८ जनामध्ये ३ जनाको शव निकालिएको छ भने बाँकीको खोजिकार्यमा नर्पाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेनाका साथै स्थानियहरु लागि रहेको प्रहरी निरीक्षक तामाङले मध्यबिन्दु लाई बताए ।
मेलम्चीमा बन्दैगरेको क्षेत्रिय कवर्डहलमा कामगर्ने कामदारहरु पुरिएको तर पुरिनेमा को-को परे भन्ने एकिन नभएको मेलम्चिका स्थानिय सागर कुमार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार निकालिएको लाशहरुको पनि सनाखत भएको छैन ।
बरुवामा श्रीमान श्रीमती बेपत्ता
यसैगरी सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिका २ बरुवामा पहिरोले १ घर पुर्दा २ जना बेपत्ता भएका छन् । स्थानिय यज्ञ बहादुर क्षेत्रीको घर पहिरोले पुर्दा अन्दाजी ४० बर्षिय यज्ञ बहादुर क्षेत्रि र उनकी श्रीमती अन्दाजी ३९ बर्षिय लक्ष्मि क्षेत्रि बेपत्ता भएका हुन । स्थानिय र प्रहरीको सक्रियतामा खोजिकार्य भइरहेको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए ।