काठमाडौं – शैक्षिक गुणस्तर अभिवृध्दि गराउने उद्वेश्यले मेलम्ची नगरपालिका वडा नं.९,वडा शिक्षा समितिको आयोजनामा कार्यशाला गोष्ठी शुरू भएको छ ।
श्री जनता माध्यमिक विद्यालय ज्यामिरेमा आइतबारबाट शुरू भएको गोष्ठी सोमबारसम्म संचालन हुने छ ।
गोष्ठीमा आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रममा आधारित थिमगत सिकाइ उपलब्धि मूल्याङ्कन , अभिलेखीकरण र (कक्षा ४-१०) को आन्तरिक तथा वाहय मूल्याङ्कन सम्बन्धी छलफल हुँदैछ ।
गोष्ठीमा वडा भित्रका ६ विद्यालयमा कार्यरत ६८ जना शिक्षकको सहभागिता रहेको छ ।गोष्ठीको सहजीकरण जर्मन नेपाल सहयोग संघका शिक्षा अधिकृत ठाकुरप्रसाद पौडेल र प्रविधि मैत्री शिक्षक संघ सिन्धुपाल्चोकका अध्यक्ष कृष्णप्रसाद ढुङ्गानाले गरेका छन् ।
गोष्ठीको अध्यक्षता वडा अध्यक्ष एवम् वडा शिक्षा समितिका संयोजक किरणदीप खड्काले गरेका थिए ।